शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको पहिचान झल्काउँदै दशौं धादिङ महोत्सव उद्घाटन

धादिङको पहिचान झल्काउँदै दशौं धादिङ महोत्सव उद्घाटन

शिवराज आचार्य

१५, माघ २०८२
  • 2.5K
    SHARES
  • धादिङको पहिचान झल्काउँदै दशौं धादिङ महोत्सव उद्घाटन

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा आजबाट दशौं धादिङ महोत्सव सुरु भएको छ। माघ २५ गते सञ्चालन हुने महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बिच बिहीवार उद्घाटन गर्नुभयो।

    images
    images

    622413593_1544510047675286_4570452408922345774_n.jpg

    महोत्सवको औपचारिक सुरुवात हुनुअघि सदरमुकाम धादिङबेसी बजारमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी र ¥याली प्रदर्शन गरिएको थियो। तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाल, बारम र क्षेत्री महिला समूहहरूले आ–आफ्नो जातीय पहिचान झल्किने भेषभूषामा नाचगान सहित बजार परिक्रमा गरेका थिए । घोडचढी नाच,चुड्का भजन र पञ्चेबाजाको धुनले बजार गुञ्जायमान बनेको थियो भने स्थानीय विभिन्न सांस्कृतिक झाँकीहरूले धादिङको पहिँचान देखाएको थियो।

    622970429_1544510571008567_9042931449454629213_n.jpg

    प्रमुख अतिथि ढकालले महोत्सव उद्घाटन गर्दै धादिङ जिल्लाको उत्पादन, पर्यटन र स्थानीय उद्यमशीलतालाई प्रवद्र्धन गर्ने यस्ता महोत्सवहरूले अर्थतन्त्र चलायमान बनाउने बताएका छन् । आर्थिक मन्दी र समस्याका कारण निजी क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र केवल नाफाका लागि मात्र नभई देशको कर प्रणाली, रोजगारी सृजना र आर्थिक गतिविधि चलायमान बनाउन अग्रणी रहेको स्पष्ट पार्नुभयो।

    624527324_1544291024363855_8657217390931855803_n.jpg

    महोत्सवको अवसर पारेर धादिङ उद्योग वाणिज्य संघले बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि दबाब दिन हस्ताक्षर अभियान समेत सुरु गरेको छ। जसमा प्रमुख अतिथि,अतिथिहरुले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका छन्। महोत्सव अवधिभर आयोजक धादिङ उद्योग वाणिज्य संघले उक्त अभियानलाई निरन्तरता दिन जनाएको छ ।

    623362694_1544511327675158_2214062350789084174_n.jpg

    धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

    महोत्सवमा व्यापारिक तथा व्यावसायिक ११० र प्रदर्शनीका ४८ गरी जम्मा १५८ वटा स्टलहरू रहेका छन्। स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनीले धादिङको मौलिक स्वादलाई आगन्तुकमाझ पस्कने बताइएको । बालबालिकाका लागि रमाइलो मेला तथा बाल उद्यानको व्यवस्था समेत गरिएको छ भने राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूबाट दैनिक रूपमा सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०८२ बिहिवार - २०:४२:०८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology