आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्वास्थ्य बिमा गरेकाले अब २५ हजार बराबरको मात्रै ओपीडी सेवा लिन पाउने

स्वास्थ्य बिमा गरेकाले अब २५ हजार बराबरको मात्रै ओपीडी सेवा लिन पाउने

नागरिक पाटी

२०, माघ २०८२
  • 3.4K
    SHARES
  • स्वास्थ्य बिमा गरेकाले अब २५ हजार बराबरको मात्रै ओपीडी सेवा लिन पाउने

    स्वास्थ्य बिमा गरेका सेवाग्राहीले अब एक वर्षमा २५ हजार रुपैयाँसम्मको मात्रै बहिंरग (ओपिडी) सेवा लिन पाउने भएका छन् । आर्थिक संकट र बढ्दो वित्तिय भारका कारण व्ययभार नियन्त्रण गर्न उक्त निर्णय गरेको स्वास्थ्य बोर्डले सूचनामार्फत जानकारी दिएको हो ।

    images

    बोर्डले अब सुविधा थैलीमा रहेको ओपीडी सेवा प्रयोगमा प्रतिपरिवार बढीमा पाँचजनाको वार्षिक २५ हजार बराबरको सुविधा र प्रत्येक थप एक सदस्य बराबरको पाँच हजार बराबरको सेवा निर्धारण गरेको जनाएको छ । यो नियम १ फागुनदेखि सञ्चालनमा आउने बोर्डले जनाएको छ । साथै, बाँकी अन्तरंग सेवा (आईपीडी) तथा आकस्मिक स्वास्थ्य सेवामार्फत उपयोग गर्न सकिने विषय यथावत् रहेको बोर्डले जनाएको छ ।

    बोर्डको अनुसार उक्त निर्णय नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी साथै व्ययभार कम गर्ने उद्देश्यले २४ पुसमा बसेको बोर्डको बैठकले गरेको हो । उक्त नियम १ फागुनदेखि सञ्चालनमा आउने बोर्डले जनाएको छ ।

    यसअघि स्वास्थ्य बिमा गरेका व्यक्तिले चाहे अनुसारको रकम ओपिडीमा खर्च गर्न सक्ने व्यवस्था थियो । १ फागुनबाट भने ओपिडी सेवामा २५ हजारभन्दा बढी खर्च भएमा बिरामीले नै शुल्क तिरेर थप उपचार गर्नु पर्ने छ । बिमा नियमावली अनुसुची ६ बमोजिम ८ प्रकारका कडा तथा दीर्घरोगहरूको उपचारको विषयमा हाल व्यवस्था भएबमोजिम नै हुने बोर्डले जनाएको छ ।

    स्वास्थ्य बिमाबाट हुने उपचारका अनुसार ७१ प्रतिशत बिमा रकम ओपीडीमा खर्च हुने गरेको छ । १० प्रतिशत आईपीडी र १० प्रतिशत इमर्जेन्सी सेवामा खर्च हुने स्वास्थ्य बोर्डको तथ्यांकमा उल्लेख छ ।

    बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार हाल स्वास्थ्य बिमा बोर्डसँग आबद्ध पाँच सय १० वटा सेवा प्रदायक संस्थाको करिब १२ अर्ब रुपैयाँ जति भुक्तानी बाँकी रहेको छ । मल्लका अनुसार ओपीडीमा हुने खर्चलाई व्यवस्थित गरी आइसोलेसन, आएसीयु जस्ता गम्भीर उपचारमा बढी ध्यान केन्द्रित गर्न खोजिएको हो ।

    सरकारले चालु आर्थिक वर्षका लागि बोर्डलाई वार्षिक रुपमा १० अर्ब अनुदान दिएको थियो । यता बिमा कार्यक्रममा हरेक वर्ष २४ अर्बभन्दा बढी खर्च हुने गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - ०७:२८:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology