आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुमारी परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण

कुमारी परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण

नागरिक पाटी

१, फाल्गुण २०८२
  • 4.7K
    SHARES
  • कुमारी परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण

    धादिङ । कुमारी बैंक लिमिटेड शाखा कार्यालय महादेवबेसी धादिङले दुर्घटनामा परी निधन हुनुभएका स्वर्गीय उत्तमप्रसाद अर्यालकी श्रीमती सीता अर्याललाई दुर्घटना बीमा बापत १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

    images

    गएको कात्तिक १७ गते बेलुका करिब ६ः३० बजे धुनिबेसी नगरपालिका–०६, धार्केबाट घर फर्कने क्रममा थाक्रे गाउँपालिका–०७, किलोमा भएको मोटरसाइकल दुर्घटना हुँदा अर्यालको निधन भएको थियो।

    कुमारी बैंकको “कुमारी परिवार सुरक्षा बचत खाता” अन्तर्गत उपलब्ध दुर्घटना बीमा सुविधाअनुसार स्वर्गीय अर्यालको परिवारले प्राप्त गर्ने रु १०,००,०००/- (अक्षरेपी दश लाख रुपैयाँ मात्र) बराबरको बीमा रकमको चेक बैंकले हस्तान्तरण गरेको जनाएको छ।

    बैंकका अनुसार उक्त सुरक्षा बचत खातामार्फत ग्राहकहरूलाई विभिन्न बीमा सुविधासहित वित्तीय सुरक्षा प्रदान गर्दै आएको छ। यस किसिमको बीमा सुविधाले आकस्मिक दुर्घटनाबाट प्रभावित परिवारलाई आर्थिक सहारा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०८२ शुक्रवार - २२:१३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology