आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भुवनेश्वरी माध्यमिक विद्यालयले मनायो ६६औं वार्षिकोत्सव कार्यक्रम

भुवनेश्वरी माध्यमिक विद्यालयले मनायो ६६औं वार्षिकोत्सव कार्यक्रम

शिवराज आचार्य

२, फाल्गुण २०८२
  • 2.3K
    SHARES
  • भुवनेश्वरी माध्यमिक विद्यालयले मनायो ६६औं वार्षिकोत्सव कार्यक्रम

    धादिङको धुनिवेशीमा वडा नम्बर ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयले आफ्नो ६६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। शनिबार आयोजित विशेष समारोहका बीच विद्यालयले वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक गोर्वद्धन गोदारले जानकारी दिनुभयो।

    images

    632396292_1765000811568308_16106454335946795_n.jpg

    वि.स. २०१६ साल फागुन ०२ गते स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष बासुदेव बास्कोटाका अनुसार हाल विद्यालयमा करिब ५ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

    632551253_1765001724901550_3807658614937088582_n.jpg

    कार्यक्रमका प्रमुख अतिथि धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले विद्यालयले लामो समयदेखि शैक्षिक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    नगर उपप्रमुख सुरज उप्रेतीले शिक्षा नै समृद्धिको आधार भएको भन्दै विद्यार्थीलाई अनुशासित, दक्ष र प्रतिस्पर्धी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। त्यसैगरी वडा अध्यक्ष विशाल भट्टराईले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा अन्य अतिथिहरुले पनि शुभकामना व्यक्त गर्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नु भएको छ।

    636691012_1765006734901049_5185299133362003163_n.jpg

    कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए भने उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरु,खेलकुद प्रशिक्षकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

    कार्यक्रमका तस्बिरहरु नागरिक पाटी र रेडियो राजमार्गको आधिकारी फेस्बुक पेजमा छन्।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०८२ शनिवार - १९:२९:५५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology