आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कार्य सम्पादन मूल्याङ्कनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर

कार्य सम्पादन मूल्याङ्कनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर

नागरिक पाटी

५, फाल्गुण २०८२
  • 1.6K
    SHARES
  • कार्य सम्पादन मूल्याङ्कनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा गरेको कार्य सम्पादन मूल्याङ्कनमा काठमाडौं महानगरपालिका देशका ६ महानगरपालिकामध्ये सबैभन्दा कमजोर देखिएको छ । वित्तीय अनुशासनको अभाव तथा विकास योजना तर्जुमामा गरिएको हेलचेक्य्राइँजस्ता कमजोरीका कारण काठमाडौं महानगरपालिका गत वर्षको मूल्याङ्कनमा सबैभन्दा पछाडि परेको हो ।

    images

    आयोगको मूल्याङ्कनमा विराटनगर पहिलो स्थानमा छ भने ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ । यसैगरी भरतपुर तेस्रो,पोखरा चौथो, वीरगन्ज पाँचौं र काठमाडौं अन्तिम स्थानमा रहेका छन् । आयोगले प्रत्येक वर्ष स्थानीय तहहरूले गर्ने खर्च, राजस्व सङ्कलन, बजेट व्यवस्थापन र सेवा प्रवाह, वित्तीय अनुशासनजस्ता विषयमा गरेको काममा आधारमा स्थानीय तहहरूको मूल्याकंन गर्ने गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १७:००:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology