आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टी–२० विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

टी–२० विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

नागरिक पाटी

६, फाल्गुण २०८२
  • 1.3K
    SHARES
  • टी–२० विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

    दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ ।

    images

    दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० भन्दा माथि रन बनाए । हिजो नेपालले जीतका लागि पाएको एक सय ७१ रनको लक्ष्य अन्तिम ओभरमा ४ बल अगाडि नै पूरा गर्यो ।

    नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपालको विश्वकपमा कूल तेस्रो जीत पनि हो । सन् २०१४ मा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन ।

    यो विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रन, इटालीसँग १० विकेट र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो । मुम्बई रंगशालामा आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालले सान्त्वना जीत निकालेको हो ।

    दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । त्यसअघि स्कटल्यान्डले नेपाललाई १ सय ७१ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनायो । जीतपछि नेपालका कप्तान रोहितकुमार पौडेलले यो टी–२० विश्वकपमा धेरै महत्त्वपूर्ण अनुभव बटुलेको र यसक्रममा विश्व त्रिकेटले नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०८२ बुधवार - ०७:४१:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology