स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो ।
आजका लागि प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ । यसअघिको कारोबार दिन शुक्रबार ९फागुन २२० मा तोलाको तीन लाख १३ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४७५ रुपैयाँ कायम भएको छ ।