आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मच्छिन्द्र माध्यमिक विद्यालयले मनायो ५६औँ वार्षिक उत्सव

मच्छिन्द्र माध्यमिक विद्यालयले मनायो ५६औँ वार्षिक उत्सव

नागरिक पाटी

२८, फाल्गुण २०८२
  • 2.2K
    SHARES
  • मच्छिन्द्र माध्यमिक विद्यालयले मनायो ५६औँ वार्षिक उत्सव

    धादिङको धुनिवेशी नगरपालिका–७ खानीखोलामा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयले आफ्नो ५६औँ वार्षिक मनाएको छ। बुधबार वार्षिक उत्सव अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरि विद्यालयले उत्सव मनाएको हो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ । त्यस्तै, कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा विविध प्रस्तुति प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य प्रमुख अतिथि र उपप्रमुख सुरज उप्रेती विशेष अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०८२ बिहिवार - ०७:३९:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology