आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

नागरिक पाटी

२९, फाल्गुण २०८२
  • 1.1K
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।

    images

    महासंघले तोकेको नयाँ मूल्यअनुसार आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

    त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य पनि घटेर आज २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो प्रति १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो। सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा झरेको छ।

    यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य हिजोको ४ हजार ७ सय २८ रुपैयाँबाट घटेर आज ४ हजार ७ सय ११ रुपैयाँ तोकिएको छ।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - ११:३६:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology