आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रास्वपाको सचिवालय बैठक स्थगित

रास्वपाको सचिवालय बैठक स्थगित

नागरिक पाटी

३०, फाल्गुण २०८२
  • 2.5K
    SHARES
  • रास्वपाको सचिवालय बैठक स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । रास्वपाले शनिबारका लागि बस्ने भनेको बैठक आइतबारका लागि सारेको छ ।

    images

    ‘आज हुने भनेको सचिवालय बैठक भोलि बिहानको लागि तय गरेको जानकारी गराइन्छ’, प्रवक्ता मनिष झाले सूचना जारी गर्दै भनेका छन् । उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आइतबार बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।

    प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३०, २०८२ शनिवार - १३:२२:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology