आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

खोरभञ्ज्याङमा २ दिने पुस्तकालय व्यवस्थापन तालिम सुरू

खोरभञ्ज्याङमा २ दिने पुस्तकालय व्यवस्थापन तालिम सुरू

शिवराज आचार्य

३०, फाल्गुण २०८२
  • 1.5K
    SHARES
  • खोरभञ्ज्याङमा २ दिने पुस्तकालय व्यवस्थापन तालिम सुरू

    धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित राष्ट्रिय माध्यमिक विद्यालय खोरभञ्ज्याङमा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सुरू भएको छ। विद्यालयमा पुस्तकालयको प्रभावकारी व्यवस्थापन तथा प्रयोगलाई व्यवस्थित बनाउन उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

    images

    तालिममा विभिन्न विद्यालयका १२ जना शिक्षकहरूको सहभागिता रहेको सेफ परियोजनाका व्यवस्थापक सन्तोष सत्यालले कार्यक्रम सम्बन्धी थप जानकारी दिएका हुन्।

    तालिमका प्रशिक्षक यज्ञराज भट्टले सहभागी शिक्षकहरूलाई पुस्तकालय व्यवस्थापनका आधारभूत सीप, पुस्तक वर्गीकरण, अभिलेख व्यवस्थापन तथा विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्ने विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ।

    कार्यक्रममा बोल्नु हुँदै बेनीघाट रोराङ गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति रामेश्वर पोखरेलले यस किसिमका तालिमले शिक्षकको क्षमता विकासमा सहयोग हुने बताउनु भएको छ।

    दुई दिनसम्म सञ्चालन हुने तालिमबाट विद्यालय पुस्तकालयको व्यवस्थापन सुधार भई विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनु भयो।

    दुई दिनसम्म सञ्चालन हुने तालिमबाट विद्यालय पुस्तकालयको व्यवस्थापन सुधार भई विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३०, २०८२ शनिवार - १५:४९:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology