धादिङ। धादिङको धुनिबेसी नगरपालिका–५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ। अभिभावक भेलाले विद्यालयका पूर्व प्रधानाध्यापक तथा सामाजिक व्यक्तित्व रामचन्द्र आचार्यको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।
नवगठित समितिको सदस्यहरूमा अर्जुन सिग्देल, हरिशरण आचार्य, राम नेपाली, कमला भुजेल, लक्ष्मी मिजार र सरिता आचार्य रहनुभएको छ। शिक्षक प्रतिनिधि भने पछि छनोट गरिने जनाइएको छ। विद्यालयका प्रधानाध्यापक गोवर्धन गोदार समितिको सदस्य–सचिव रहनुभएको छ।
यसैगरी शिक्षक–अभिभावक संघको संयोजकमा दामोदर रेग्मी चयन हुनुभएको छ। निवर्तमान समितिका अध्यक्ष बासुदेव बास्कोटा लगायतको टिम तथा शिक्षक–अभिभावक संघका अध्यक्ष राजु प्रसाद रेग्मीको टिमप्रति विद्यालय प्रशासनले सम्मान व्यक्त गरेको प्रधानाध्यापक गोवर्धन गोदारले रेडियो राजमार्गलाई जनकारी दिनु भयो।