आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गोरखामा ज्येष्ठ नागरिक आश्रम सञ्चालन हुँदै

गोरखामा ज्येष्ठ नागरिक आश्रम सञ्चालन हुँदै

नागरिक पाटी

६, चैत्र २०८२
  • 1.6K
    SHARES
  • गोरखामा ज्येष्ठ नागरिक आश्रम सञ्चालन हुँदै

    गण्डकी प्रदेश सरकारले गोरखाको छेपेटारमा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने भएको छ । यसअघि नै भौतिक संरचना तयार भैसकेको छेपेटारमा सरकारले ज्येष्ठ नागरिकलाई राख्ने गरी निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक आश्रम सञ्चालनको निर्णय गरेको सरकारका प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए ।

    images

    उनका अनुसार गोरखा नगरपालिका १० छेपेटारमा यसअघि नै सुविधासम्पन्न आवास भवन तयार भएको छ । प्रदेश सरकारकै लगानीमा २०७६ साल भदौ १ गते सम्झौता भएर भवन निर्माण सुरु गरिएको हो । आसिस इको जेभीले ३ पटक म्याद थपेर अघिल्लो वर्ष मात्रै भवन निर्माण सम्पन्न गरेको हो ।

    ३ रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । बृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् । सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको छ ।

    केही कोठाहरुमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । भवन करिब ४ करोड लागतमा तयार गरिएको हो । भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालापत्रे र ढलान समेत भइसकेको कार्यालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - ०८:५२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology