शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रेम सागर फाउन्डेसनको आयोजनामा दुई दिन निःशुल्क आँखा शिविर सञ्चालन हुने

प्रेम सागर फाउन्डेसनको आयोजनामा दुई दिन निःशुल्क आँखा शिविर सञ्चालन हुने

शिवराज आचार्य

७, चैत्र २०८२
  • 6.8K
    SHARES
  • प्रेम सागर फाउन्डेसनको आयोजनामा दुई दिन निःशुल्क आँखा शिविर सञ्चालन हुने

    धार्के,धादिङ। धादिङको थाक्रे गाउापालिका वडा नम्बर ५ को दामेचौरमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ। प्रेमसागर फाउन्डेसनको आयोजनामा चैत १४ र १५ गते दुई दिनसम्म आँखा शिविर सञ्चालन हुने भएको छ।

    images
    images

    शिविरलाई प्रभावकारी बनाउन थाक्रे गाउँपालिका वडा नं. ४, ५, ७ र ८ तथा थाहा नगरपालिका वडा नं. ११ र १२ का वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक,स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा समन्वयात्मक भेला सम्पन्न गरिएको छ।

    भेलाले शिविरबारे घरघरमै पुगेर जनचेतना फैलाउने र लक्षित समुदायलाई शिविरसम्म ल्याउने निर्णय गरेको छ।

    शिविरको उद्घाटन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गर्ने कार्यक्रम रहेको छ। चैत १४ गते शनिबार बिहान ८ बजेदेखि शिविर सञ्चालन हुने बताइएको छ। शिविरमा आरम्भ ज्ञान प्रचार संघ र दि प्रेम रावत फाउन्डेसनको समेत समन्वय रहने जनाइएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०८२ शनिवार - १९:१०:२२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology