धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ मा रहेको धुनिवेशी आवासीय माध्यमिक विद्यालयले आफ्नो ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । अभिभावक तथा विद्यार्थी अभिमुखिकरण, शिक्षक सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केदार पाठकले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतको प्रस्तुती प्रस्तुत गरेका छन् । कार्यक्रममा शिक्षक लगायतहरुलाई सम्मान प्रदान गरिएको छ ।
यस्तै प्रशिक्षक ईश्वर श्रेष्ठले शिक्षक, अभिभावक तथा विद्यार्थीलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले हरेकको मनोबललाई उच्च बनाउनको लागि विभिन्न प्रसंग र तथ्यहरुलाई जोड्दै निकै रोचक र उत्कृष्ट तरिकाबाट प्रशिक्षण गर्नुभएको विद्यालयले जनाएको छ ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा अन्य अतिथीहरुले पनि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्यरुपमा सहभागिता रहेको थियो ।