आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गंगाजमुना गाउँपालिकामा सञ्चालीत रिलिफ परियोजनाको सामाजिक लेखा परीक्षण सम्पन्न

गंगाजमुना गाउँपालिकामा सञ्चालीत रिलिफ परियोजनाको सामाजिक लेखा परीक्षण सम्पन्न

शिवराज आचार्य

१२, चैत्र २०८२
  • 2.2K
    SHARES
  • गंगाजमुना गाउँपालिकामा सञ्चालीत रिलिफ परियोजनाको सामाजिक लेखा परीक्षण सम्पन्न

    फुलखर्क, धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपालले गंगाजमुना गाउँपालिकामा आड्डा नेपालको आर्थिक सहयोगमा सञ्चालन गरेको रिलिफ परियोजनाको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई र्कायक्रम सम्पन्न भएको छ ।

    images

    वर्ष सन् २०२५ र २०२६ मा गंगाजमुना गाउँपालिकामा सञ्चालित उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढिकरण (रिलिफ) परियोजनाको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको संस्थाका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनुभयो ।

    656356614_1799893861412336_6472047398566382268_n.jpg

    प्रयास नेपालका कार्यसमिति सदस्य प्रदिपराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एक वर्षको अवधिमा गाउँपालिका भित्रका सबै वडामा रहेका ४८ ओटा कृषक समूहमा भए गरेका कामहरु र आर्थिक खर्च विवरणको सामाजिक लेखा परीक्षण गरिएको हो । सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई र्कायक्रममा संस्थाको तर्फबाट प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर स्याङतान, विभिन्न वडाका वडा अध्यक्षहरु, कृषि, पशुसेवा, महिला तथा बालबालिका, योजना लगायतका शाखा प्रमुखहरु, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, विभिन्न कृषक समूहका प्रतिनिधिहरु, अगुवा किसानहरु र अन्य सरोकारवालाहरुको सहभागितामा भएको कार्यक्रममा नमूना बाख्रा खोर सुधार, प्राङ्गारिक कृषि, जलवायु अनुकुलन कृषि प्रणली, समूह व्यवस्थापन, समूहको लेखा अभिलेखिकरण, विभिन्न जातका बालीहरुको पाठशाला लगायतका विषयमा संस्थाले काम गरिरहेको पनि जानकारी गराइएको थियो ।

    सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि किसानहरुले परियोजनाले किसानहरुमा ल्याएको परिवर्तन, जलवायु अनुकूलन कृषि प्रणलीका फाइदाहरु, कृषि पाठशालाले सिकाइमा ल्याएको परिवर्तन, व्यवस्थित लेखा अभिलेखिकरण, अगुवा किसानले कृषक समूहमा दिएको सेवा, लैंगिक आधारमा हुने कार्यबोझको विश्लेषण लगायतका विषयमा जानकारी गराएका थिए ।

    656785507_1799893514745704_1678034590457810875_n.jpg

    छलफलका क्रममा सहभागिहरुले संस्थाले समुदाय स्तरमा सञ्चालन गरेको कार्यक्रमले सहयोग पुगेको बताएका छन्। संस्थाले मागको आधारमा किसानलाई योजना छनोट गरेको बताएका छन्। कृषक पाठशालाले सामुहिक खेत तर्फ अगाडी बढाएको बताएका छन। त्यसैगरि वडाअध्यक्षहरुले पनि संस्था र वडाबिचको समन्वय राम्रो भएको, गाउँपालिकाले बनाएको नीतिको परिधिमा रहेर कार्यक्रम सञ्चालन गरेको बताएका छन्।

    रेडियो राजमार्ग तथा नागरिकपाटी डटकमका पत्रकारले सहजीकरण गर्नुभएको कार्यक्रममा परियोजना शुरु भएयता १ करोड २ लाख १८ हजार ८ सय तेतिस रुपैयाँ खर्च भएको पनि सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - २०:४०:३४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology