आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

नागरिक पाटी

१५, चैत्र २०८२
  • 3.0K
    SHARES
  • हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

    सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

    images

    गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै परिवर्तित राजनीतिक परिस्थितिुलाई मुख्य कारण देखाउँदै राजीनामा दिएका हुन् ।

    राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले दाबी गरेका छन् ।

    अध्यक्ष भण्डारीले राजीनामा पत्रमार्फत मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - १५:४३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology