आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार उच्च अङ्कले घट्यो

शेयर बजार उच्च अङ्कले घट्यो

नागरिक पाटी

१५, चैत्र २०८२
  • 1.3K
    SHARES
  • शेयर बजार उच्च अङ्कले घट्यो

    शेयर बजार हप्ताको पहिलो कारोबार दिन उच्च अङ्कले घटेको छ । नयाँ सरकार गठनपछिकाे पहिलाे काराेबार दिन शेयर बजार परिसूचक नेप्से आज ७१ दशमलव ०५ अङ्कले घटेर २ हजार ८७९ दशमलव ११ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको सूचक ३ दशमलव ३७ प्रतिशतले ओरालो लागेको छ । यस्तै लगानी समूहको सूचक झन्डै ३ प्रतिशत तथा बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स अन्य र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज २५५ वटा कम्पनीको शेयर घटेकोमा १० वटाको बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३३३ वटा कम्पनीका ३ करोड ५२ लाख कित्ता शेयर १५ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - १६:५८:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology