शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नवज्योति सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन

नवज्योति सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन

शिवराज आचार्य

२०, चैत्र २०८२
  • 2.4K
    SHARES
  • नवज्योति सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन

    धादिङ । नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ को धार्के बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    images

    ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको प्राङ्गण आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, धादिङको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ७८ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

    659647688_1806749237393465_4570947478843214319_n.jpg

    “रक्तदान नै जीवनदान हो” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा सहभागीहरूले मानव सेवामा योगदान गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। आयोजकका अनुसार रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताइएको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत सहकारीले व्यक्त गरिएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २०, २०८२ शुक्रवार - २२:१०:४२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology