आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महादेवबेसीमा तेस्रो सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

महादेवबेसीमा तेस्रो सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

शिवराज आचार्य

२७, चैत्र २०८२
  • 1.0K
    SHARES
  • महादेवबेसीमा तेस्रो सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

    धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेसीमा “तेस्रो सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव” सुरु भएको छ। महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले गर्नुभएको हो।

    images

    669706527_1812740136794375_5979160521821325664_n.jpg

    उद्घाटन समारोहमा बोल्दै अध्यक्ष आचार्यले यस्ता महोत्सवहरूले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै पर्यटन विकासमा टेवा पु¥याउने बताउनुभयो। उहाँले थाक्रेका विभिन्न ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने धारणा व्यक्त गर्नुभयो।

    उज्यालो भविष्य महिला समूहद्वारा आयोजित महोत्सव वैशाख १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, लोकदोहोरी कार्यक्रम, नृत्य, साथै घरेलु उत्पादनका स्टलहरू राखिएका छन्।

    महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। साथै, महिला उद्यमशीलता प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०८२ शुक्रवार - २१:५८:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology