शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

धादिङको थाक्रेमा रहेको जनभोजन कार्यक्रमले मनायो १७ औं वार्षिकोत्सव

धादिङको थाक्रेमा रहेको जनभोजन कार्यक्रमले मनायो १७ औं वार्षिकोत्सव

शिवराज आचार्य

२८, चैत्र २०८२
  • 6.9K
    SHARES
  • धादिङको थाक्रेमा रहेको जनभोजन कार्यक्रमले मनायो १७ औं वार्षिकोत्सव

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्धारा सञ्चालीत जनभोजन कार्यक्रमले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ ।

    images

    वि.स २०६५ साल चैत्र २८ गतेबाट सञ्चालन भएको जनभोजन कार्यक्रमले आज शनिबार एक कार्यक्रमका विच वार्षिकोत्सव मनाएको छ । स्थापना कालबाट दैनिक रुपमा ५ सय जना भन्दा बढि विद्यार्थी तथा बृद्ध आमाबुवाहरुलाई खाना खुवाउर्दै आएको जनभोजन कार्यक्रमले केही वर्ष अगाडीबाट धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४,५,७,८ र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११, १२ का १८ वटा विद्यालयमा दैनिक २ हजार भन्दा बढि विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै आएको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले बताए ।

    671512893_1813558496712539_2617280525956246843_n.jpg

    जनभोज कार्यक्रममा वार्षिक रुपमा १ करोड ४० लाख ३५ हजार ३२८ सय भन्दा बढि खर्च भएको संस्थाका महासचिव दुर्गादत्त घिमिरेले बताए। उहाँका अनुसार विभिन्न सहयोगी दाताहरुबाट प्राप्त र अन्य संस्थाहरुबाट सहयोग रुपमा दिएको रु.५४ लाख आम्दानी भएको भनाई छ । अहिले दैनिक रुपमा ४० हजार खर्च हुने गरेको संस्था महासचिव घिमिरेको भनाई छ ।

    669833738_1813559236712465_2983766006677248781_n.jpg

    कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राम कुमार आचार्यले जनभोजन कार्यक्रमले विद्यालय र विद्यार्थीमा आएको परिवर्तनको उच्च प्रशंसा गर्दै विगतका वर्षहरुमा पालिकाबाट दिदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने बताउनु भएको छ ।

    669419162_1813561216712267_3418172433888636988_n.jpg

    रजनी लामाले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमराज ढुङगेलको अध्यक्षता तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाक्रे गाउँपालिकाका पुर्वउपाध्यक्ष अम्बिका रुपाखेती,थाक्रे ५ का वडा अध्यक्ष सन्त बहादुर तामाङ, वडा नम्बर ७ का युवराज खतिवडा, थाहा १२ का वडा अध्यक्ष टिकाराम तामाङ, धादिङ र मकवानपुरमा विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, सहयोगी दाताहरु लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २८, २०८२ शनिवार - १८:५७:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology