आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौँमा रात्रीकालिन बस सेवा सुरु

काठमाडौँमा रात्रीकालिन बस सेवा सुरु

नागरिक पाटी

१, बैशाख २०८३
  • 4.2K
    SHARES
  • काठमाडौँमा रात्रीकालिन बस सेवा सुरु

    काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालिन बस सेवा सुरु गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो । पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ। यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ। सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ।

    images

    यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ। साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ। यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०८३ मंगलवार - २१:४८:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology