आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अस्पतालमा जथाभावी भिडियो खिच्न निषेध

अस्पतालमा जथाभावी भिडियो खिच्न निषेध

नागरिक पाटी

१७, बैशाख २०८३
  • 2.1K
    SHARES
  • अस्पतालमा जथाभावी भिडियो खिच्न निषेध

    स्वास्थ्य तथा जनसंख्यामन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नयाँ निर्देशन जारी गरेकी छन् । अबदेखि अस्पताल परिसरमा सम्बन्धित संस्थाको पूर्वस्वीकृतिबिना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण रोक लगाइएको छ ।

    images

    बिरामीको गोपनीयता हनन हुने यस्ता गैरकानुनी कार्य गर्ने जो कोहीलाई "मुलुकी अपराध संहिता २०७४" र "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६" बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ । उपचारको क्रममा कमी-कमजोरी भएको महसुस भए अस्पताल तोडफोड वा होहल्ला गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन आग्रह गरेकी छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०८३ बिहिवार - ०४:४२:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology