शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न सम्झौता, कहिलेदेखी हुन्छ सञ्चालन ?

नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न सम्झौता, कहिलेदेखी हुन्छ सञ्चालन ?

सफलता आचार्य

१९, बैशाख २०८३
  • 4.0K
    SHARES
  • नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न सम्झौता, कहिलेदेखी हुन्छ सञ्चालन ?

    लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बाटो खुलेको छ । सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि नागढुंगा सुरुङमार्ग निर्माण आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबिच औपचारिक सम्झौता भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए ।

    images
    images

    उनका अनुसार युसिन–एआरटी जेभीले अबको ५ वर्षसम्म सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा पाएको छ । यो सुरुङ सञ्चालनका लागि तय गरेको कार्यतालिका अनुसार सन् २०२६ मे को दोस्रो सातासम्म (वैशाख अन्तिम) मा सेवा प्रदायक कम्पनी कार्यक्षेत्रमा परिचालन हुनेछ ।
    त्यसलगत्तै सुरुङका अत्याधुनिक प्रणालीहरूबारे जनशक्तिलाई तालिम दिइनेछ । सन् २०२६ जुनको दोस्रो सातासम्म प्राविधिक जनशक्तिको तालिम सम्पन्न गर्ने र सोही महिनाको अन्त्यसम्ममा परीक्षण सञ्चालन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख नेपालको भनाई छ ।

    सुरुङ मार्गको सुरक्षा र प्राविधिक पक्षको पूर्ण प्रमाणीकरण भएपछि सन् २०२६ जुलाईको अन्त्यसम्म अर्थात् साउनमा यो सुरुङ सार्वजनिक यातायातका लागि खुला गरिने उनको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १९, २०८३ शनिवार - ०७:२२:१५ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology