आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल ‘ए’ ले जित्यो एकदिवसीय अभ्यास श्रृंखला

नेपाल ‘ए’ ले जित्यो एकदिवसीय अभ्यास श्रृंखला

नागरिक पाटी

२६, बैशाख २०८३
  • 1.0K
    SHARES
  • नेपाल ‘ए’ ले जित्यो एकदिवसीय अभ्यास श्रृंखला

    स्कटल्यान्डलाई अन्तिम खेलमा डीएलएस प्रणालीका आधारमा नौ रनमा पराजित गर्दै नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास श्रृंखला जितेको छ । नेपाल ‘ए’ ले चारमध्ये तीन खेल जित्दै श्रृंखला जितेको हो । घरेलु टोलीले पहिलो खेलमा स्क्टल्यान्डलाई ४५ र दोस्रो खेलमा अ‍मेरिकालाई तीन विकेटले पराजित गर्‍यो । शनिबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा घरेलु टोलीबीचको खेल वर्षाका कारण ३४।५ ओभरमा बिचैमा रोकिएको थियो ।

    images

    यो स्थितिमा स्कटल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले चार विकेट गुमाएर २०४ रन बनाएको थियो । यसपछि, डिएलएस प्रणालीका आधारमा अम्पायरले लक्ष्यलाई १९५ रनमा छोट्याएका थिए । जसमा अनुसार नेपाल नौ रनले विजयी भएको हो ।

    नेपालको जितमा अविजित रहेका सन्दीप जोराले ८३ रनको अर्धशतकीय पारी खेले । सन्दीपले ९४ बलमा नौ चौका प्रहार गरे । ओपनर तृतराज दासले २४ बनाए । बसिर अहमदले २० रन बनाउँदा ओपनर मयन यादवले १२ रन बनाए ।

    स्कटल्यान्डका ब्राडली करी, मार्क वाट, ओलिभर डेविडसन र माइकल लिस्कले समान एक विकेट लिए । त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले घरेलु टोलीविरुद्ध निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।

    स्कटल्यान्डको निम्ति ओपनर जर्ज मुन्सेले ६२ रनको अर्धशतकीय पारी खेले । मुन्सेले ५१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । अविजित रहेका माइकल इंग्लिसले ५६ रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतकीय पारी खेले । इंग्लिसले ५७ बलमा तीन छक्का प्रहार गरे ।

    रिची बेरिंटनले ४० रन बनाए । ब्रान्डन म्याकमुलेन ३९ जोडे । ज्यका ग्रिभिस र ओपनर फिन्ले म्याकक्रिथले समान ३० रन बनाउँदा म्याथ्यु क्रसले २५ रन बनाए ।

    नेपालका आकाश चन्दले तीन विकेट लिँदा शेर मल्ल, विपिन खत्री, पवन सराफ र कुशल मल्लले समान एक विकेट लिए ।

    अब नेपाल ‘ए ’ ले श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग खेल्ने तालिका छ । क्रिकेट विश्वकव लिग २ को पूर्वसन्ध्यामा यो प्रतियोगिता आयोजना गरिएको हो । आगामी सोमबारदेखि अमेरिका, स्कटल्यान्ड र नेपालले लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने तालिका छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०८३ शनिवार - १८:४८:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology