शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी आवासीय माध्यमिक विद्यालयद्वारा एसईईका उत्कृष्ट विद्यार्थी सम्मानित

धुनिबेशी आवासीय माध्यमिक विद्यालयद्वारा एसईईका उत्कृष्ट विद्यार्थी सम्मानित

शिवराज आचार्य

३०, बैशाख २०८३
  • 1.9K
    SHARES
  • धुनिबेशी आवासीय माध्यमिक विद्यालयद्वारा एसईईका उत्कृष्ट विद्यार्थी सम्मानित

    धार्के,धादिङ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ को खानिखोलामा रहेको धुनिबेशी आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ।

    images
    images

    विद्यालय परिसरमा आयोजित कार्यक्रममा सर्वोकृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी Enjil Pathak सहित उत्कृष्ट अंक ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
    कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन तथा शिक्षक र अभिभावकको महत्वपूर्ण योगदानको प्रशंसा गरिएको थियो। साथै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरिएको विद्यालयले जनाएको छ।

    सम्मान कार्यक्रममा विद्यालयका अध्यक्ष केदार पाठक, धुनिवेशी नगरपालिका वडा नं. ७ कार्यालय का वडा अध्यक्ष यदुनाथ पाठक लगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमका केही तस्बिरहरु ः

    697792556_1417490610398130_1268269309041132400_n.jpg697792585_1417490263731498_4608769439968347522_n.jpg

    697777817_1417490130398178_2257185599841296743_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - १७:३८:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology