आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आफन्तका तीतामीठा प्रश्नहरू

आफन्तका तीतामीठा प्रश्नहरू

नागरिक पाटी

४, जेठ २०८३
  • 2.3K
    SHARES
  • आफन्तका तीतामीठा प्रश्नहरू

    अष्ट्रेलियाबाट मासिक २ लाख पठाउँछ रे साथीले,
    त्यसैगरी कमाएर पठाउने तिम्ले कहिले ?
    उमेरले दुई दशक काट्यो रे त नानी,
    आफ्नो कमाईले परिवार खुसी राख्ने तिम्ले कहिले ?

    images

    IELTS मा 8 अंक ल्याईछे रे फलानोको छोरीले,
    University मा गोल्ड मेडल ल्याउने तिम्ले कहिले ?
    लाग्यो रे भिसा फलानोको छोरीको/छोरीको,
    लोकसेवामा नाम निकाल्ने तिम्ले कहिले ?

    अर्को जातको केटि ल्यायो रे फलानोको छोरोले,
    अर्कै जात संग गईछे रे फलानोको छोरी त,
    जति नै पढेलेखेको भएपनि नानी,
    बिहे गर्नु अघि जात हेर्नु है तिम्ले पहिले ।

    गर्यो रे घरजम संगै पढेको साथीले,
    सुरसार घरजमको गर्ने तिम्ले कहिले ?
    यस्तै यस्तै कुराहरु पर्छ रे सुन्न,
    हुन्छ भेट आफन्त संग जहिले ।

    यस्तै प्रश्नले जमाउछ डेरा मस्तिष्कमा,
    उत्तरको खोजीमा भौतारिन्छु जहिले ।
    हुन्छु सार्है चिन्तित यी सब कुराहरुले,
    थपिन्छ उर्जा मुवाबुवाको मुस्कान देख्छु जहिले ।

    भए झैँ सैदान्तिक शिक्षामा उतीर्ण सधैँ,
    हुन सकु व्यावहारिक जीवनमा पनि
    कमजोरीलाई मात्रै बढुवा नदिऊँ
    प्राथमिकता दिऊँ आफ्नो क्षमतालाई पनि ।

    एलिशा शाह
    मण्डनदेउपुर-१२, काभ्रे
    ज्याम्दी, हल्देछाप

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०८३ सोमवार - ०५:३५:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology