आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

आशिष ठकुरी

८, जेठ २०८३
  • 3.2K
    SHARES
  • गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन,  कुन-कुन विद्यालय तथा बालविकास केन्द्र  समायोजन भए ?

    धादिङ । गल्छी गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै विभिन्न विद्यालय र बालविकास केन्द्र समायोजन गरेको छ । गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार “सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७” अनुसार विद्यालय समायोजन प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

    images

    शिक्षा अधिकृत धिरज बस्नेतका अनुसार विद्यार्थी संख्या, शैक्षिक अवस्था तथा व्यवस्थापनलाई आधार मानी समायोजन गरिएको हो । उहाँका अनुसार ९ वटा विद्यालय तथा बालविकास केन्द्रलाई अन्य विद्यालयमा समायोजन गरिएको छ भने एउटा विद्यालयमा बालविकास कक्षा मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ ।

    समायोजन भएका विद्यालयहरूमा कालिदेवी आधारभूत विद्यालय, सुन्टार आधारभूत विद्यालय, रिपछाप बालविकास केन्द्र, शिवालय आधारभूत विद्यालय, धादिङ आधारभूत विद्यालय, भैरवी आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, असारे आधारभूत विद्यालय र ठाँटीचौर आधारभूत विद्यालय रहेका छन् ।

    गाउँपालिकाले समायोजित विद्यालयका विद्यार्थीहरूको विवरण सम्बन्धित विद्यालयमा स्थानान्तरण गरिने जनाएको छ साथै चलअचल सम्पत्ति व्यवस्थापनका लागि सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिने उल्लेख गरिएको छ ।

    त्यस्तै समायोजित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि शिक्षा, युवा तथा खेलकुद शाखामा उपस्थित भई तोकिएअनुसार विद्यालय छनोट गर्न आग्रह गरिएको छ ।

    यस्तो छ, सुचना : 

    galchhi suchana.jpg
    galchhi suchana 1.jpg
    undefined

    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - २०:०४:०६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology