आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

नागरिक पाटी

१५, जेठ २०८३
  • 631
    SHARES
  • सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

    सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्काे संयुक्त सदनमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले याे जानकारी दिनुभएकाे हाे ।

    images

    बजेट चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड र पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ विनियाेजन गरिएकाे छ । यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान छ । बजेटमा सरकारले आउँदाे आर्थिक वर्षका लागि १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । यस्तै ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान र २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋणमार्फत स्रोत व्यवस्थापन गरिनेछ । आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने घोषणा गरिएको छ ।

    सरकारले आउँदाे आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमार्फत राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ ।

    बजेटले प्रशासनिक पुनर्संरचना, डिजिटल अर्थतन्त्र, एआई, ऊर्जा, पूँजीबजार र पूर्वाधारलाई प्राथमिकतामा राख्दै ‘उच्च वृद्धि र संरचनात्मक सुधार’ को महत्त्वाकाङ्क्षी खाका प्रस्तुत गरेको छ ।

    budget speech 2083_nz9wmgt.pdf :To download file click here

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०८३ शुक्रवार - २०:५३:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology