आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेमा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित

थाक्रेमा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित

शिवराज आचार्य

१७, जेठ २०८३
  • 4.5K
    SHARES
  • थाक्रेमा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित

    धादिङ। धादिङको थाक्रे गाउँपालिकामा आयोजित प्रथम बाल महोत्सव सम्पन्न भएको छ। महोत्सवअन्तर्गत विभिन्न विधाका प्रतियोगिताहरू सञ्चालन गरी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

    images

    चित्रकला प्रतियोगितामा लुसिड रोज स्कुलका अनुप थापा प्रथम, ब्लुमिङ लोटस् इङ्ग्लिसका विवेक पटेल द्वितीय तथा लाटीदेवी माध्यमिक विद्यालयकी एलिसा तामाङ तृतीय भएका छन्।

    यसै गरी, हस्तलेखन प्रतियोगितातर्फ ब्लुमिङ लोटस् इङ्ग्लिसकी सुनिधी कुवर प्रथम, न्यू महाकाली एकेडेमीकी सृष्टि रेग्मी द्वितीय तथा मङ्कालेश्वरी माध्यमिक विद्यालयकी सुविना रार्या तृतीय भएकी छन्।
    यसै गरी, वक्तृत्वकला कला प्रतियोगितामा सेतिदेवी माध्यमिक विद्यालयकी दीया खतिवडा प्रथम, मङ्कालेश्वरी माध्यमिक विद्यालयकी समिरा चेपाङ द्वितीय तथा आदर्श माध्यमिक विद्यालयकी पूर्णिमा तामाङ तृतीय भएकी छन्।

    यसै गरी, हिसाब दौड प्रतियोगितातर्फ ब्लुमिङ लोटस् इङ्ग्लिस स्कुलका सिम्रिक प्रजा प्रथम, सेतिदेवी माध्यमिक विद्यालयका जेनिस थापा द्वितीय तथा न्यू महाकाली एकेडेमीका प्रयास रिजाल तृतीय भएका छन्।

    यसै गरी, म्युजिकल चियर प्रतियोगितामा न्यू महाकाली एकेडेमीका सुसान्त कार्की प्रथम तथा घैडुङदेवी निगाले आधारभूत विद्यालयका रितेश सापकोटा द्वितीय भएका छन्। यसै गरी, बेलुन फुटाउने खेलतर्फ भगवती आधारभूत विद्यालयका जयराम तामाङ प्रथम तथा मङ्कालेश्वरी माध्यमिक विद्यालयका बसन्त कँडेल द्वितीय भएका छन्। यसै गरी, लोक सांस्कृतिक नृत्य प्रतियोगितामा ब्लुमिङ लोटस इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम, आदर्श माध्यमिक विद्यालय द्वितीय तथा जनजागृति माध्यमिक विद्यालय तृतीय भएका छन्।

    यसै गरी, कविता वाचन प्रतियोगितातर्फ जनजागृति माध्यमिक विद्यालयकी सुजाता अधिकारी प्रथम, ज्योति माध्यमिक विद्यालयका विद्यार्थी साहारा लुइँटेल द्वितीय तथा राष्ट्रिय आधारभूत विद्यालयकी प्रकृति सुनार तृतीय भएकी छन्।

    यसै गरी, एकल गायन प्रतियोगितामा जनकल्याण आधारभूत विद्यालयकी हर्षिका डङ्गोल प्रथम, लाटिदेवी माध्यमिक विद्यालयका एलिसा तामाङ द्वितीय तथा निर्जला वाइवा तृतीय भएकी छन्।

    कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो। साथै सहभागी विद्यालयहरूलाई समेत सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो।

    गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा, पृर्व उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, विभिन्न वडाका वडा अध्यक्षहरू, पृर्व वडा अध्यक्षहरु, शिक्षा शाखाका प्रतिनिधिहरू ,पालिकाभित्रका ४२ भन्दा बढी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा अतिरिक्त क्रियाकलापप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ। तीन दिन सम्म जारी बाल महोत्सबको सञ्चालन पत्रकार शिवराज आचार्य गर्नु भएकोे थियो।

    कार्यक्रमका केहि तस्बिरहरु:

     

    710746246_10235675498480920_7206264307413201677_n.jpg710424224_10235675513921306_984560268126570484_n.jpg710473907_10235675506561122_8308890806615473386_n.jpg710079293_10235675002908531_6915046705458504097_n.jpg710193250_10235675505681100_8701379854659516170_n.jpg706718689_10235675222954032_9197408352041962101_n.jpg710755754_10235675076230364_1944874707606064044_n.jpg710755774_10235675446559622_7997718088482992509_n.jpg710288341_10235675462600023_3572727752106219171_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - २२:१०:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology