धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ मा रहेको कुलचन्द्र आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विशेष गरि निम्न आयस्रोत भएका अतिविपन्न वर्गका बालबालिकाको शैक्षिक अवसर सुदृढ गर्ने उदेश्यका साथ रामचन्द्र उप्रेती तथा सुरेश आचार्यको सँयुक्त नाममा १ लाख रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो ।
हाल अमेरिकाको भर्जिनिया राज्यमा रहनुभएका धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ निवासी उप्रेतीको आर्थिक सहयोग र समाजसेवी सुरेश आचार्यको समन्वयमा अक्षयकोष स्थापना गरि विद्यालयका प्रधानाध्यापक देविमाया पौडेललाई चेक हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेश तोलाङ्गेको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी सुरेश आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।
यसैगरी कार्यपालिका सदस्य रिताकुमारी अधिकारी रेग्मी लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।