धादिङ । गल्छी गाउँपालिका वडा नं. ८ स्तरीय गोगनपानी बाल सञ्जालको साधारणसभा तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
साधारणसभाबाट सक्षम नेपालको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। समितिको उपाध्यक्षमा सुदिक्षा घर्ती, सचिवमा संजिता श्रेष्ठ, सहसचिवमा दिव्या तामाङ तथा कोषाध्यक्षमा सागर तामाङ चयन भएका छन्।
यस्तै सदस्यहरूमा अभिषेक सुवेदी, प्रविन मिजार, शितल ठकुरी, कविराज कुँवर, बबिता तामाङ, राजन मिजार, ईश्वर श्रेष्ठ, स्मरण तामाङ, सुगम तामाङ, सुवास तामाङ, अन्जना श्रेष्ठ, सन्देश तामाङ, समिक्षा श्रेष्ठ, प्रमिला रोक्का, कविराज कुँवर, सज्जन सुवेदी र प्रमिस थापा चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि सुनिल तामाङले खादा तथा अबिर लगाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले बालबालिकाको नेतृत्व विकास, अधिकार संरक्षण तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिताका लागि सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य सुनिल तामाङ प्रमुख अतिथि तथा वडा सचिव सम्झना भाट विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बाल सहभागिता, नेतृत्व विकास तथा बाल अधिकार सम्बन्धी विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बालमैत्री समाज निर्माणका लागि बाल सञ्जाललाई अझ सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।