शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

शिवराज आचार्य

२३, जेठ २०८३
  • 1.3K
    SHARES
  • बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    धादिङ। बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमको अनुभव आदान–प्रदान तथा अवलोकनका लागि काठमाडौंको टोखा नगरपालिका वडा नं। १० को टोली गल्छी गाउँपालिकामा आएको छ। टोखा–१० का वडा अध्यक्ष मचाकाजी महर्जनको नेतृत्वमा आएको टोलीमा बाल क्लबका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले गल्छी गाउँपालिकाले सञ्चालन गरिरहेको बालमैत्री स्थानीय शासनका गतिविधि, अभ्यास तथा उपलब्धिबारे जानकारी लिँदै अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो।

    images
    images

    अन्तर्क्रिया कार्यक्रम गल्छी गाउँपालिका वडा नं। ७ मा समेत आयोजना गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, विभिन्न वडाका वडा अध्यक्षहरु,बालमैत्री सहजकर्ता विपिन मल्ल, गल्छी बाल सञ्जालका अध्यक्ष लगायत जनप्रतिनिधि, बालबालिका तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यान्वयनका अनुभव, चुनौती तथा असल अभ्यासहरूबारे छलफल तथा अनुभव आदान–प्रदान गरिएको आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०८३ शनिवार - ०८:४६:०८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology