शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

धुनिवेशी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

शिवराज आचार्य

२५, जेठ २०८३
  • 1.2K
    SHARES
  • धुनिवेशी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङ । धादिङको धुनिवेशी नगरपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ।

    images
    images

    बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरेको छ।

    715650301_1865413558193699_384986089217052490_n.jpg

    नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, अभिभावकको सचेत सहभागिता तथा स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतका कारण नगरपालिकाले पूर्ण खोप सुनिश्चितताको उपलब्धि हासिल गरेको हो।

    “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित घोषणा सभामा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाका रूपमा प्रमाणीकरण गरिएको हो।

    कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्य, नगर उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, वडा अध्यक्षहरू,स्वास्थ्य शाखा प्रमुख धुर्व कुमार अधिकारी, नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवीका र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    715304247_1865413331527055_8131612966557785445_n.jpg

    उक्त अवसरमा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेतीलगायत वक्ताहरूले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगो बनाउँदै प्रत्येक बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पु¥याउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

    बालबालिकाको स्वस्थ जीवन र सुरक्षित भविष्य निर्माणमा योगदान पु¥याउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अभिभावक तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिताले नगरपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०८३ सोमवार - १९:०७:५३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology