इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् । यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो आक्रामक गतिविधि जारी राखेमा पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएको छ । इजरायलले बेरुत र इरानका विभिन्न क्षेत्रमा गरेको आक्रमणले अमेरिका–इरानबीच कायम युद्धविरामलाई जोखिममा पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् ।
अनलाइन समाचार माध्यम ‘एक्सिओस्’ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले आइतबार साँझ नेतन्याहूसँग टेलिफोन वार्ता गर्दै संयम अपनाउन आग्रह गरेका थिए ।