शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेतीदेवी माविमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

सेतीदेवी माविमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

शिवराज आचार्य

२९, जेठ २०८३
  • 1.5K
    SHARES
  • सेतीदेवी माविमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

    थाक्रे,धादिङ । धादिङको थाक्रे गाउँपालिका–६ रानीबारीस्थित सेतीदेवी माध्यमिक विद्यालयमा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ।

    images
    images

    721208767_122271697070167679_3505503380461067790_n.jpg

    आयोजित कार्यक्रममा एसईई २०८२ मा पालिकामै प्रथम हुन सफल विद्यार्थी सहित २४ जना विद्यार्थीलाई कदरपत्रसहित सम्मान गरिएको हो। उत्कृष्ट नतिजा हासिल गराउन योगदान पु¥याउने विषयगत शिक्षकहरूलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ। त्यस्तै, आईसीडीसी नेपालको सहयोगमा सात जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

    722286789_1869474464454275_7252584251958060214_n.jpg

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष हिरा बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थियो। गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल विशेष अतिथिका रुपमा रहेको कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य,पूर्व वडा अध्यक्ष, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    720712750_1869473814454340_979896884381233819_n.jpg

    कार्यक्रममा उपस्थित अतिथिहरूले सम्मानित विद्यार्थी तथा शिक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरित गरेका थिए। उनीहरूले गुणस्तरीय शिक्षाको विकासका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०८३ शुक्रवार - २१:२१:०० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology