शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ज्योति माविमा वार्षिक अभिभावक भेला सम्पन्न, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

ज्योति माविमा वार्षिक अभिभावक भेला सम्पन्न, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

शिवराज आचार्य

२९, जेठ २०८३
  • 2.1K
    SHARES
  • ज्योति माविमा वार्षिक अभिभावक भेला सम्पन्न, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

    थाक्रे,धादिङ । धादिङको थाक्रे गाउँपालिका–९ पण्डितपौवास्थित ज्योति माध्यमिक विद्यालयमा वार्षिक अभिभावक भेला–२०८२ सम्पन्न भएको छ।

    images
    images

    भेलाका अवसरमा बालकक्षादेखि कक्षा १२ सम्मको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, एसईई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गराउन सफल विषयगत शिक्षकहरूलाई कदरपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

    719804443_1869468014454920_128235283206295599_n.jpg

    विद्यालयमा विभिन्न व्यक्तिको नाममा स्थापना गरिएका अक्षयकोषमार्फत जेहेन्दार विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, आईसीडीसी नेपालको सहयोगमा सात जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

    721211173_1869467951121593_7328764654563506862_n.jpg

    वडा नं. ९ का अध्यक्ष श्यामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो भने थाक्रे गाउँपालिका–१० का वडा अध्यक्ष गोकुल लामिछाने, वडा सदस्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    719993213_1869468081121580_966610978668574215_n.jpg

    कार्यक्रममा उपस्थित अतिथिहरूले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार तथा विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्दै सम्मानित विद्यार्थी तथा शिक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

    720445204_1869469511121437_3580250547190684790_n.jpg720236786_1869470147788040_3785261713761921030_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०८३ शुक्रवार - २१:३२:५४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology