शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ करिब ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ करिब ७० प्रतिशत उत्तीर्ण

नागरिक पाटी

५, आषाढ २०८३
  • 1.4K
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ करिब  ७० प्रतिशत उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

    images
    images

    शुक्रबार  बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।

    बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए ।

    जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ ।

    यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । सरकारले एसईई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०८३ शुक्रवार - ११:१६:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology