शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण सम्पन्न

गल्छीमा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण सम्पन्न

शिवराज आचार्य

१०, आषाढ २०८३
  • 939
    SHARES
  • गल्छीमा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण सम्पन्न

    गल्छी, धादिङ । गल्छी गाउँपालिकाको सभाहलमा आज पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन अवधारणा सम्बन्धी अभिमुखीकरण तथा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

    images
    images

    कार्यक्रमको अध्यक्षता गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले गर्नुभएको थियो भने उपाध्यक्ष भाइकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत, आठवटै वडाका वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको सहजीकरण प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले गर्नुभएको थियो। सहजीकरणका क्रममा पोषणमैत्री स्थानीय शासनको अवधारणा, यसको आवश्यकता, स्थानीय तहको भूमिका, बहुक्षेत्रीय समन्वय तथा पोषण तथा खाद्य सुरक्षासँग सम्बन्धित विभिन्न पक्षहरूबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो।

    WhatsApp Image 2026-06-24 at 6.24.13 PM.jpeg

    कार्यक्रममा गल्छी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज रेग्मीले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। उहाँले गल्छी गाउँपालिकाले पोषण तथा खाद्य सुरक्षालाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केदार खतिवडाले गल्छी गाउँपालिकाले बालमैत्री स्थानीय शासन सँगसँगै पोषणमैत्री स्थानीय शासनका सूचकहरू पूरा गर्न विशेष प्राथमिकताका साथ कार्य गर्दै आएको बताउनुभयो। उहाँले आवश्यक तयारी तीव्र रूपमा अगाडि बढिरहेको र निकट भविष्यमा गल्छी गाउँपालिकालाई बालमैत्री साथै पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो।

    बैठकमा पोषण सुधार, खाद्य सुरक्षा सुदृढीकरण, कुपोषण न्यूनीकरण तथा बहुक्षेत्रीय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले पोषणमैत्री स्थानीय शासन स्थापना गर्न सबै सरोकारवालाहरूको सक्रिय भूमिका र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

    कार्यक्रमले गल्छी गाउँपालिकालाई पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने अभियानलाई थप गति प्रदान गर्नुका साथै स्थानीय स्तरमा पोषण तथा खाद्य सुरक्षा सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको प्रमुख प्रशासकीय अधिकृतले पुर्ण प्रसाद दुलालले बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०८३ बुधवार - २१:३७:०६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology