आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प

नागरिक पाटी

११, आषाढ २०८३
  • 1.6K
    SHARES
  • भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प

    भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ । ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको सीएनएनले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०का अनुसार बुधबार राति १०ः०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।

    images

    यूएसजीएसले प्रारम्भिक मूल्यांकनका आधारमा यी भूकम्पका कारण ठूलो मानवीय क्षति र व्यापक भौतिक विनाश हुन सक्ने सम्भावना उच्च रहेको जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको मूल्यांकन कार्य जारी रहेकाले वास्तविक क्षतिको विवरण आउन अझै केही समय लाग्न सक्ने बताइएको छ ।

    ७।५ म्याग्निच्युडको शक्तिशाली भूकम्प भेनेजुएलाको उत्तरी तटीय क्षेत्रनजिकै गएको हो । यसका कारण राजधानी काराकासका केही भवनहरू भत्किएका छन् । यो भूकम्प देशका केही ठूला रिफाइनरीहरू रहेको क्षेत्र मोन्टाल्बानबाट उत्तर–पश्चिममा करिब २८ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर गएको हो ।

    त्रसित बनेका बासिन्दाहरू आफ्ना परिवारका सदस्य तथा घरपालुवा जनावरसहित भवनबाट बाहिर निस्केर सडकमा भेला भएका छन् । पोर्टो रिको र भर्जिन आइल्यान्डका लागि यसअघि जारी गरिएको सुनामी चेतावनी भने पछि रद्द गरिएको छ ।

    भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले भूकम्पको धक्का अन्य राज्यमा पनि महसुस गरिएको र काराकासको एक क्षेत्रमा चिन्ताजनक अवस्था रहेको बताएका छन् ।

    काबेलाले एसोसिएटेड प्रेसलाई दिएको जानकारीअनुसार काराकासको अल्टामिरा क्षेत्रमा घर तथा भवनहरूमा क्षति पुगेको छ । मानिसहरू घाइते भएको संकेत गर्दै उनले सवारी चालकहरूलाई एम्बुलेन्स तथा अन्य आपतकालीन सवारी साधनलाई प्राथमिकता दिँदै बाटो छाड्न आग्रह गरेको एपीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - ०७:३४:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology