आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब कम्पनी दर्तासँगै अनलाइनबाटै पान प्रमाणपत्र पाइने

अब कम्पनी दर्तासँगै अनलाइनबाटै पान प्रमाणपत्र पाइने

नागरिक पाटी

१६, आषाढ २०८३
  • 1.2K
    SHARES
  • अब कम्पनी दर्तासँगै अनलाइनबाटै पान प्रमाणपत्र पाइने

    कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने नयाँ कम्पनीहरूले अब अनलाइन प्रणालीबाटै आफ्नो स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् । कार्यालयले आफ्नो विद्युतीय प्रणालीलाई आन्तरिक राजस्व विभागको प्रणालीसँग अन्तरआबद्धता गरेपछि यो सुविधा कार्यान्वयनमा आएको हो ।

    images

    कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच २०८३ साल वैशाख ३१ गते विद्युतीय प्रणालीमा आबद्ध हुने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोहीबमोजिम विकास गरिएको प्रणालीलाई कार्यालयको केमिस प्रणालीमा समावेश गरी असार १५ गतेदेखि सफलतापूर्वक ुलाइभु गरिएको कार्यालयले जनाएको छ ।

    यस नयाँ व्यवस्थाअनुसार, अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले पान र त्यसको प्रमाणपत्रका लागि छुट्टै झन्झट बेहोर्नुपर्ने छैन । सेवाग्राहीले कार्यालयको केमिस प्रणालीमार्फत नै सिधै प्यान प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् । आम सेवाग्राही तथा सरोकारवालाहरूको सहजताका लागि यो सूचना प्रकाशन गरिएको कम्पनी रजिष्ट्रारको कार्यालयले उल्लेख गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - १९:४०:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology