आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन

बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन

नागरिक पाटी

१८, आषाढ २०८३
  • 1.6K
    SHARES
  • बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त ५ सहकारीका साना बचतकर्ताको रकम तत्काल फिर्ता गर्न निर्देशन गरेका छन् । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित ५ वटा सहकारीका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल अघि बढाउन उनले निर्देशन दिएका हुन् ।

    images

    हेटौँडामा बसेको बैठकले व्यवस्थापनको प्रक्रियामा रहेका ५ वटा सहकारीहरू सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड, लालीगुराँस बचत तथा ऋण सहकारी लिमिटेड र सुमेरु बचत तथा सहकारी संस्था लिमिटेडको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त रकममार्फत साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार तत्काल सूचना प्रकाशन गरी प्रक्रिया सुरु गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिइदिएका थिए ।

    उनले सहकारी क्षेत्रको वर्तमान अवस्था र समस्याग्रस्त सहकारीको समाधानका गर्ने विभागीय मन्त्रालय र निकायहरूलाई उपलब्धिमूलक ढङ्गबाट काम गर्न निर्देशन गरे । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामलाई थप चुस्त र प्रभावकारी बनाउने निर्णय गरेको छ भने आफ्नो प्रगति विवरण प्रत्येक तीन महिनामा ९त्रैमासिक रूपमा० सम्बन्धित मन्त्रालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने निर्णय गरेको छ । प्रदेशभित्र सञ्चालित समग्र सहकारी संस्थाहरूको अनुगमन र नियमनलाई प्रभावकारी बनाउने र यसको नियमित प्रतिवेदन समेत मन्त्रालयमा त्रैमासिक रूपमा पेस गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०८३ बिहिवार - ०७:४१:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology