धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको निःशुल्क ३९० घण्टे बारिष्टा (तह–१) तालिम हर्षोल्लासका साथ सम्पन्न भएको छ।
तालिम सफलतापूर्वक पूरा गरेका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, विशिष्ट अतिथि भाईकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल तथा प्राइम इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका प्रतिनिधिहरूले प्रमाणपत्र वितरण गर्नुभएको थियो।
समापन कार्यक्रममा पालिका अध्यक्ष खतिवडा,उपाध्यक्ष तिवारी प्रमुख प्रशासकीय अधिकृत दुलालले बारिष्टा तालिमले युवाहरूलाई स्वरोजगार तथा वैदेशिक रोजगारीका अवसरका लागि आवश्यक व्यावसायिक सीप प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँहरुले सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न र उज्ज्वल भविष्य निर्माण गर्न सम्पूर्ण प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।
गल्छी गाउँपालिकाले युवाहरूको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिँदै आएको जनाएको छ।