शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न, ४२२ जनाले सेवा लिए

थाक्रेमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न, ४२२ जनाले सेवा लिए

शिवराज आचार्य

२१, आषाढ २०८३
  • 4.9K
    SHARES
  • थाक्रेमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न, ४२२ जनाले सेवा लिए

    धादिङ। बाल बिकास कार्यक्रम नेपालको आयोजनामा एक दिने आँखा तथा दन्त शिविर सञ्चालन भएको हो।

    images
    images

    थाक्रे गाउँपालिका वडा नम्बर ०६ मा रहेको जनजागृति माध्यमिक विद्यालयको प्राङगणमा आयोजना गरिएको शिविरमा गाउँपालिकाका विभिन्न वडाका स्थानीयले स्वास्थ्य सेवा लिएका हुन्।

    शिविरमा थाक्रे गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १० र ११ बाट आएका सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको शिविरमा २ सय १३ जनाले दन्त परीक्षण तथा २ सय ९ जनाले आँखा परीक्षण गराएका थिए। यससँगै जम्मा ४ सय २२ जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

    शिविरमा डा.सोनी कर्ण र डा.मारिसा यादवको नेतृत्वमा नोजोमी ओरल एण्ड डेन्टल,कुपन्डोलको चिकित्सक टोलीले दन्त सेवा प्रदान गरेको थियो भने माट्रिका आइ सेन्टर बानेश्वरको प्राविधिक टोलीले आँखा परीक्षण तथा परामर्श सेवा उपलब्ध गराएको थियो।

    शिविरको अवलोकन थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा, बाल विकास कार्यक्रम नेपालका अध्यक्ष बालकृष्ण भट्टराई, उपाध्यक्ष सानुकाजी आले मगर,महादेबबेसी स्वास्थ्य चौकी प्रमुख झरना केसी, धादिङ इन्चार्ज इन्द्र सुब्बा तथा महादेवबेसी इन्चार्ज कमल आले मगरले गरेका थिए।

    आयोजकका अनुसार यस्ता निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०८३ आइतवार - १९:४४:१० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology