धादिङ,असार २२ । बेनीघाट रोराङ गाउँपालिका–८ मा आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूको सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ।
चाइल्डफन्ड जापानको सहयोग तथा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपालद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता (SAFE) परियोजना अन्तर्गत आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रममा परियोजनामार्फत वर्षभरि सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि, बजेट खर्च, सेवा प्रवाह तथा आगामी योजनाबारे सार्वजनिक रूपमा जानकारी गराइएको थियो। साथै सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रियासमेत संकलन गरिएको थियो।

कार्यक्रममा बालबालिकाको नियमित सिकाइका लागि अभिभावक भेटघाट, विद्यार्थीको हाजिरी संकलन तथा विश्लेषण, विद्यालय भर्ना अभियान, जनचेतनामूलक कार्यक्रम, विद्यालय तथा वडा तहमा आयोजित विभिन्न बैठक तथा कार्यक्रमहरूमा सहभागिता लगायतका गतिविधिहरू प्रस्तुत गरिएको थियो।
सामाजिक लेखा परीक्षणले परियोजनामा पारदर्शिता, जवाफदेहिता, विश्वसनीयता तथा सुशासन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।
प्रयास नेपालका सह–सचिव कपिलदेव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा सदस्यहरू, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, (SAFE) परियोजनाका परियोजना व्यवस्थापक सन्तोष सत्याल, वडा सचिव, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, बालबालिका तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार राज ढुंगानाले गर्नुभएको थियो।