शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपालद्वारा बेनीघाट रोराङ–१० मा सामाजिक लेखा परीक्षण सम्पन्न

प्रयास नेपालद्वारा बेनीघाट रोराङ–१० मा सामाजिक लेखा परीक्षण सम्पन्न

शिवराज आचार्य

२३, आषाढ २०८३
  • 2.2K
    SHARES
  • प्रयास नेपालद्वारा बेनीघाट रोराङ–१० मा सामाजिक लेखा परीक्षण सम्पन्न

    धादिङ। बेनीघाट रोराङ गाउँपालिका–१० को खोरभञ्ज्याङमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको सामाजिक लेखा परीक्षण सम्पन्न गरिएको छ।

    images
    images

    चाइल्डफन्ड जापानको सहयोग तथा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपालद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता (SAFE) परियोजनाअन्तर्गत वडा नं. १० मा सञ्चालन भएका गतिविधिको सार्वजनिक समीक्षा गर्दै सामाजिक लेखा परीक्षण गरिएको हो।

    कार्यक्रममा परियोजनामार्फत वर्षभरि सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि, बजेट खर्च, सेवा प्रवाह तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो। साथै सहभागी सरोकारवालाहरूबाट सुझाव, प्रतिक्रिया र जिज्ञासा समेत संकलन गरिएको थियो।

    सामाजिक लेखा परीक्षणका क्रममा बालबालिकाको नियमित सिकाइ सुनिश्चित गर्न अभिभावकसँग भेटघाट, विद्यार्थीको हाजिरी संकलन तथा विश्लेषण, विद्यालय भर्ना अभियान, जनचेतनामूलक कार्यक्रम तथा विद्यालय र वडा तहका विभिन्न बैठकमा गरिएको सहभागितालगायतका गतिविधि प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक लेखा परीक्षणले परियोजनाको पारदर्शिता, जवाफदेहिता, विश्वसनीयता र सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव लक्ष्मी थापा मगर, सेफ परियोजनाका परियोजना व्यवस्थापक सन्तोष सत्याल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, बालबालिका तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको सहजीकरण पत्रकार राज ढुंगानाले गरेका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - १९:४५:१० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology