आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हवाईमा भव्य रूपमा मनाइयो आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती

हवाईमा भव्य रूपमा मनाइयो आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती

नागरिक पाटी

२८, आषाढ २०८३
  • 1.3K
    SHARES
  • हवाईमा भव्य रूपमा मनाइयो आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती

    नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३ अैाँ जन्म जयन्तीको अवसरमा अमेरिकाको हवाईमा अनेसास हवाई र स्नेहको संयूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

    images

    उक्त कार्यक्रमको ३ ओटा श्रृङ्खलामा रामायण वाचन, कविता तथा साङ्गितिक प्रस्तुति र प्रसिध्द सञ्चारकर्मी अच्युत घिमिरेसँग बहस कार्यक्रम रहेको थियो।

    कार्यक्रममा नेपाली भाषा कक्षाका नानीहरूको विशेष प्रस्तुति रह्यो । रामायण, घाँसी कविता, अन्य गीतहरू र नृत्य पनि प्रस्तुत भयो । दोस्रो चरणमा कवि अमृता स्मृति र वाचक अच्युत घिमिरे बीचमा बहस रह्यो । प्रश्नहरूका लागि फ्लोर पनि ओपन गरिएको थियो ।

    बहसमा अच्युत घिमिरेले आफ्नो प्राथमिकतामा अग्रजको सम्मान र नयाँहरूलाई स्थान दिएको बताउनु भयो । "उच्चारण गर्नु र शब्दमा प्राण भर्नु बीचमा प्राविधिक र भावनात्मक भिन्नता के छ ? " भनेर कवि अमृताले सोध्दा घिमिरे भन्नुहुन्छ, "उच्चारण सबैले गर्छन्, प्राण कसै-कसैले मात्र भर्छन् ।" उहाँ अर्को प्रश्नको उत्तरमा थप्नुहुन्छ, भानुभक्तको साहित्य कर्मले उहाँको साहित्यिक सञ्चारकर्ममा मात्र होइन समग्र नेपाली भाषीहरूको जग हो । " उहाँले केही स्रष्टाहरूको सिर्जना वाचन गर्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

    'स्नेह'का अध्यक्ष दिनेश तिमल्सेनाले उपस्थित सबैलाई स्वागत गर्नुभयो । केदार श्रेष्ठ टेक्निसियन रहनुभएको यस कार्यक्रममा मिठामिठा कविता र गजलहरू प्रस्तुत भए भने गायक बद्री पराजुलीले गायन प्रस्तुत गर्नुभयो । यस भव्य कार्यक्रममा सर्जक, बौध्दिक नारी, अनेसास हवाईकी वरिष्ठ उपाध्यक्ष वेदिका उपाध्यायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    नेपाली भाषाको अन्तर्राष्ट्रिय करण, नेपाली साहित्यको विस्तार, भाइरल र भ्यूजको जमानामा ओझेलमा परेका उत्कृष्ट साहित्यको विषयमा अनेसासकी अध्यक्ष अमृताले धारणा राख्नुभएको थियो । यसैमा उहाँले नेपालमा हुँदै आएको भानु जयन्ती कार्यक्रमलाई पनि सम्झनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०८३ आइतवार - २१:३३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology