शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा ६३ जनाको सफल मोतिबिन्दु शल्यक्रिया

थाक्रेमा ६३ जनाको सफल मोतिबिन्दु शल्यक्रिया

शिवराज आचार्य

२, श्रावण २०८३
  • 4.5K
    SHARES
  • थाक्रेमा ६३ जनाको सफल मोतिबिन्दु शल्यक्रिया

    धादिङ । धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। महादेवबेसी स्वास्थ्य चौकीमा आयोजित शिविरमा ६३ जनाको सफल मोतिबिन्दुको शल्यक्रिया गरिएको आयोजकले जनाएको छ।

    images
    images

    शिविरमा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, वडा नं. ६ का अध्यक्ष हिरा बहादुर थापा, बाल विकास कार्यक्रम नेपालका अध्यक्ष बालकृष्ण भट्टराई, उपाध्यक्ष सानुकाजी आले, महादेवबेसी स्वास्थ्य चौकी प्रमुख झरना केसी, बाल विकास कार्यक्रम नेपाल महादेवबेसीका इन्चार्ज कमल आले मगर तथा मातृका आई सेन्टर बानेश्वरका प्रमुख कल्याण ढुंगानाको उपस्थिति रहेको थियो।

    शिविरमा डा. हर्सिता रोनियाको नेतृत्वमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो। स्थानीय बासिन्दालाई निःशुल्क रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट दृष्टि समस्याबाट पीडित धेरै नागरिक लाभान्वित भएको आयोजकले बताएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०८३ शनिवार - २२:०९:१६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology