मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेपालकै पहिलो सडक सुरुङ नागढुङ्गा–सिस्नेखोलाको औपचारिक उद्घाटन

नेपालकै पहिलो सडक सुरुङ नागढुङ्गा–सिस्नेखोलाको औपचारिक उद्घाटन

शिवराज आचार्य

११, श्रावण २०८३
  • 351
    SHARES
  • नेपालकै पहिलो सडक सुरुङ नागढुङ्गा–सिस्नेखोलाको औपचारिक उद्घाटन

    धादिङ । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो।

    images

    757754259_1645471023659257_3190838279281288519_n.jpg

    उद्घाटन समारोहमा जाइकाका अध्यक्ष तानाकाले सुरुङमार्गलाई नेपालको यातायात विकासको ऐतिहासिक र रूपान्तरणकारी उपलब्धि भन्दै नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको बताउनुभयो। उहाँले सुरुङ योजना, सञ्चालन तथा मर्मतसम्भारका लागि दुई देशबीच नयाँ प्राविधिक सहयोग परियोजना पनि सुरु गरिएको जानकारी दिनुभयो।

    जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता र नेपाली प्राविधिक तथा श्रमिकहरूको मेहनतबाट परियोजना सफल भएको उल्लेख गर्दै यसले नेपाल–जापानको दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको बताउनुभयो।

    पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सुरुङ सञ्चालनसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने र यात्रा अझ सुरक्षित बन्ने विश्वास व्यक्त गर्नुभयो।

    दुई हजार ६ सय ८८ मिटर लामो यो सुरुङ कोभिड–१९ महामारी, निर्माण ढिलाइ र स्थानीय अवरोधका कारण निर्धारित समयभन्दा पछि सम्पन्न भएको हो।

    सरकारले यसअघि नै सुरुङ प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरिसकेको छ। नेपालको पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको यो परियोजनाले काठमाडौँ–नौबिसे सडकखण्डमा सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    केहि तस्बिरहरु : 

    758690976_1740741437051824_3046851299167029343_n.jfif754960829_2296275694479502_8031576039651073024_n.jfif756525561_1645471090325917_8515426962232185624_n.jpg757480356_1007095882349355_7525371084019317386_n (1).jfif

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०८३ सोमवार - १४:३३:३४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology