मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

नागरिक पाटी

१२, श्रावण २०८३
  • 1.0K
    SHARES
  • देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

    देशभरका अस्पतालमा मंगलबार आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ । चिकित्सकहरू आन्दोलित बनेसँगै देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको हो । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन्।

    images

    नेपाल चिकित्सक संघले उक्त घटनाको विरोधमा अस्पतालमा सेवा बन्द गरिएको विज्ञप्तिमार्फत जनाएको छ । "चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले गरेको दमनको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दछौँ," चिकित्सक संघको विज्ञप्तिमा भनिएको छ ।

    नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि हातपात गर्दा डा. प्रमोद रामको टाउकोमा चोट लागेको छ । उक्त घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्दै कारबाही गर्न संघले माग गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०८३ मंगलवार - ०७:४६:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology